Advertisement Ad

जनयुद्ध दिवशमा जेष्ठ नागरिकलाई फलफुल वितरण

Advertisement Ad

१ फाल्गुन, २०८० पाँचथर । २९ औं जनयुद्ध दिवशको अवसरमा नेकपा माओवादी केन्द्र फिदिम नगरपालिका २ नम्बर वडा कमिटीले जेष्ठ नागरिकलाई फलफुल वितरण गरेको छ ।

मंगलबार फिदिम -२ स्थित श्री सिद्ध पोखरी सेवा सदन पाँचथर द्वारा संचालित ज्येष्ठ नागरिक आश्रमका जेष्ठ नागरिकलाई फलफुल वितरण गरिएको हो । फलफुल वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य दिनेश लाओती, फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने, फिदिम नगर कमिटी अध्यक्ष देवि थापा लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै दिवशको अवसरमा आयोजित कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्तिथित नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य दिनेश लाओतीले ब्यवस्था परिवर्तनको लागि भएको सबैभन्दा ठूलो बलिदानबाट सम्पन्न जनयुद्धको महत्त्व आम जनमानसमा अझै बुझाउन आवस्यक रहेको बताए ।

त्यस्तै फिदिम नगरपालिकाका उपप्रमुख तथा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य राधाकृष्ण न्यौपानेले जनयुद्धको व्यवस्था परिवर्तनसँगै आम जनताको हक- अधिकारका लागि महत्त्वपूर्ण भुमिका रहेको बताए । कार्यक्रम नेकपा माओवादी केन्द्र फिदिम नगरपालिका, २ नम्बर वडा कमिटीको आयोजनामा सम्पन्न भएको थियो ।