Advertisement Ad

Advertisement Ad

पाँचथरमा युवा नीतिबारे बहस

इवारा लिम्बू

११ फागुन २०८०, पाँचथर। राष्ट्रिय यूवा परिषदद्वारा आयोजित युवा नीति बहस कार्यक्रम शुक्रबार फिदिममा सम्पन्न भएको छ।

राष्ट्रिय युवा परिषदद्वारा आयोजनामा गरिएको कार्यक्रममा राष्ट्रिय युवा परिषदका शाखा अधिकृत राजकुमारी खत्रीले सहजिकरणको गरेका थिए। जिल्ला समन्वय समितिको सभाहलमा भएको एक दिने कार्यक्रममा सहजकर्ता खत्रलिे राष्ट्रिय युवा परिषदको पृष्ठभूमी साथै युवाको अवस्थाको बारेमा प्रकाश पारे।

खत्रीले परिषदको सांगठनिक संरचना, युथ भिजन २०२५ को सोच, दीर्घकालीन लक्ष्य, स्थानीय तहमा शसर्त अनुदान अन्तर्गत रहेका युवा लक्षित बार्षिक कार्यक्रम प्रवोधिकारण लगायतका विषयमा जानकारी गराएकी थिइन्। देश विकासको सवालमा युवाको पनि महत्वपूर्ण भूमिका रहने भन्दै ऐन कानुनको निर्माणमा पाँचथरका युवाहरुको सुझाव संकलन गरिने खत्रीको भनाई थियो।

कार्यक्रममा तीन वटा समूह छुट्याएर युवालाई लक्षित गरेर निर्माण गरिएका ऐन कानूनहरुमा सल्लाह तथा सुभाmव दिने अभ्यास गरिएको कार्यक्रमा उपस्थित सुन्दर योङहाङले बताए।

विभिन्न संघ–संस्थाका प्रतिनिधी, विद्यार्थी, जनप्रतिनिधी, पाँचथरका युथ एक्टिभिष्ट मनिषा आचार्य, विनय रम्तेल लगायत उपस्थित कार्यक्रम जिल्ला युवा समितिका अध्यक्ष्य श्री माङयुङको अध्यक्षतामा सम्पन्न भएको थियो।