Advertisement Ad

पाँचथर गोल्डकपः आयोजक पाँचथर सेमीफाइनलमा

Advertisement Ad

१२ फागुन २०८०, पाँचथर। आयोजक पाँचथर क्लव शनिबारदेखि सदरमुकाम फिदिममा सुरु भएको चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण वाइ वाइ पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीको नमोबुद्ध एफसीलाई ३–० ले पाखा लगाउदै आयोजक पाँचथर क्लवले सुखद सुरुवात गरेको हो। पाँचथरको जीतमा सुकराज राईले ह्याट्रिक गरे। उनले खेलको आठौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। नमोबुद्ध एफसीका गोलकिपर उद्धव थापाले क्लियर गर्ने क्रममा चुहाएको बललाई सुकराजले हेडर मार्फत जाली चुमाएका थिए।

उनले खेलको ३३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा टोलि २–० को अग्रता लिन सफल भयो। ६१ औं मिनेटमा व्यक्तिगद गोल गर्दै सुकराजले ह्याट्रिक पूरा गरे। सुकराजको ह्याट्रिकको वलमा नमोबुद्ध विरुद्ध पाँथचरले ३–० को जीत निकाल्यो। खेलको म्यान अफ् दि म्याच बनेका सुकराजले नगद २५ सय रुपैंयाँ प्राप्त गरे।

आयोजकले दर्शकका लागि राखेको सुटआउट हिरोको पुरस्कार भने राजेश राईले प्राप्त गरे। त्यस्तै दर्शककै लागि राखिएको फ्यान अफ् दि म्याचको पुरस्कार उर्गेन तामाङले प्राप्त गरे। दुबै पुरस्कारको राशी समान २५–२५ सय रहेको छ।

प्रतियोगिता अन्तर्गत आइतबार झापा ११ र रेडहर्स एफसी इलामबीच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ। आठ टिम सहभागि प्रतियोगिता फागुन १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख ५ हजार ५५५ रुपैंयाँ र उपविजेताले नगद २ लाख ५५ हजार ५५५ रुपैंयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको उद्घाटन संघीय सरकारका युवा तथा खेलकुद विकासमन्त्री डिगबहादुर लिम्बूले गरेका थिए।

फोटोः दुर्गा खनाल