Advertisement Ad

Advertisement Ad

पाँचथर गोल्डकपः झापाको संघर्षपूर्ण जीत

१३ फागुन २०८०, पाँचथर। झापा ११ सदरमुकाम फिदिममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण वाइ वाइ पाँचथर गोल्डक पफुटवल प्रतियोगिताको अन्तिम चारमा पुगेको

फिदिम खेलमैदानमा आइतबार सम्पन्न प्रतियोगिताको दोश्रो क्वाटरफाइन खेलमा रेडहर्स एफसी इलाम विरूद्द को संघर्षपूर्ण जीत निकाल्दै झापाले सेमीफाइनल यात्रा तय गरेको हो पहिलो हाफ गोलरहित बराबरी खेलेको झापाले दोश्रो हाफमा अग्रता बनाएको हो

खेलको ६४ औं मिनेटमा निकेश श्रेष्ठको फ्रिकिकमा प्रदीप बुढाथोकीले गोल गर्दै झापाली टोलीलाई अग्रता दिलाएका थिए खेलको अन्त्यतिर इलामले केहि आक्रमक खेल पस्के पनि गोल गर्न नसक्दा नतिजा झापालाई सुम्पिनु पर्यो

टोलीलाई जीत दिलाउन निर्णायक गोल गरेका प्रदीप खेलको म्यान अफ दि म्याच बने उनले नगद ५ हजार रुपैंयाँ प्राप्त गरे प्रतियोगिता अन्तर्गत सोमबार राइटलेन एजुकेशन बाग्मती युथ क्लव सर्लाही पथरी ११ मोरङबीच प्रतिश्पर्धा हुने आयोजक पाँचथर फुटवल क्लवले जनाएको

आयोजकले दर्शकका लागि राखेको सुटआउट हिरो फ्यान अफ दि म्याचको पुरस्कार भने आइतबार देबिका गुरुङ झरना खवासले पाएका छन् पुरस्कार राशी समान २५२५ रुपैंयाँ रहेको