Advertisement Ad

‘आकार हामीले हिडेर आएको बाटोको’को लोकार्पण तथा १२९औं साझा श्रृङ्खला सम्पन्न

Advertisement Ad

१३ फागुन २०८०, हङकङ। कवि तथा चित्रकार रमण गुरुङको कविता कृति ‘आकार हामीले हिडेर आएको बाटोको’को लोकार्पण तथा हङकङ साहित्यिक साझा श्रृङ्खलाको १२९औं श्रृङ्खला सम्पन्न भएको छ।

श्रृङ्खलाका संरक्षक दाजुको गुरुङको अध्यक्षता तथा नेपाली महावाणिज्यदूतावास हङकङका उपवाणिज्यदूत भोजकुमार भट्टराईको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा कवि गुरुङको कविता संग्रह सार्वजनिक गरिएको हो। जोर्डन स्थित ब्लू ओसन रेस्टुरेण्टमा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी भट्टराईले आफू पनि साहित्यको विद्यार्थी भएको नाताले नेपाली भाषा र साहित्यको विकासका लागि हुने कार्यक्रमहरुलाई व्यक्तिगत तथा संस्थागत सहयोग रहने प्रतिबद्वता व्यक्त गर्नु भयो।

कवि तथा पत्रकार टिबि याख्खाले सञ्चालन गरिएको उक्त कार्यक्रममा हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, एनआरएनए हङकङका अध्यक्ष गोकर्णप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष लवकुमार गुरुङ, साहित्य श्रृङ्खलाका संरक्षक टंक सम्बाहाम्फे, याउ चि मोङ डिस्ट्रिक काउन्सिलर अरुणा गुरुङ, एनआरएनए आइसिसि महिला सचिव टीका गुरुङ, एनआरएनए हङकङकी उपाध्यक्ष अनु राई लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तव्य राखेका थिए।

सार्वजनिक भएको कविता संग्रहमाथि कवि देवेन्द्र खेरेसले आफ्नो समिक्षात्मक टिप्पणी राखेका थिए। कवि जुनु राना, पूर्णिमा जी शाह, अरुणा शर्मा र रोशन यक्सोले संग्रह भित्रबाट कविता वाचन गरेका थिए भने गायिका बिन्नी लामा र कुसुम लिम्बुले गीत गाएर कार्यक्रमको माहोल रमाइलो बनाएका थिए।

सोही अवसरमा हङकङ साहित्य साझा श्रृङ्खलालाई सक्रिय रुपमा सहयोग गर्ने कविहरु देवेन्द्र खेरेस, सुनिता गिरी, पूर्णिमा जी शाह, जानू काम्बाङ, डोम राना, अरुणा शर्मा, रोशन यक्सो लगायतलाई स्रष्टा सम्मान पत्र प्रदान गरिएको थियो।

सय वटा कविता समावेश भएको कविता संग्रहलाई इन्डिगो इन्क पब्लिकेसनले बजारमा ल्याएको हो। कवि गुरुङ हङकङ साहित्यिक साझा श्रृङ्खलाका वर्तमान संयोजक समेत हुन। श्रृङ्खलाले विगत १२ वर्ष देखि महिनाको अन्तिम आइतबार साहित्यिक कार्यक्रम गर्दै आएको छ ।