Advertisement Ad

नेकपा (माओवादी केन्द्र) फाल्गुनन्द -२ को दोस्रो वडा सम्मेलन सम्पन्न

Advertisement Ad

१९ फागुन, २०८० पाँचथर । नेकपा (माओवादी केन्द्र) फाल्गुनन्द गाउँपालिका -२ को दोश्रो वडा सम्मेलन सम्पन्न भएको छ ।

शनिबार इम्बुङ स्थित एक कार्यक्रमका बिच सम्पन्न सम्मेलनबाट १५ सदस्यीय समिती चयन भएका छन । निर्वाचित समितिमा क्रमश: अध्यक्षमा अविन्द्र नेम्बाङ, उपाध्यक्षमा रोशन सुनुवार, सचिवमा राज कुमार फेजोङ, सह-सचिवमा तारानाथ भट्टराई, कोषाध्यक्षमा विविता फेजोङ लगायत १० सदस्य सहितको पदाधिकारी चयन भएका हुन ।

कार्यक्रम नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य ठाकुर सिं नेम्वाङ र नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक बिशाल रसाइलीको उपस्थितीमा सम्पन्न भएको नवनीर्वाचित अध्यक्ष अविन्द्र नेम्बाङले बताए ।