Advertisement Ad

लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ पाँचथरको सभापतिमा तुम्रोक

Advertisement Ad

१९ फागुन, २०८० पाँचथर । नेपाली काँग्रेसको भातृसंस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ पाँचथरको सभापतिमा तेजहाङ तुम्रोक चयन भएका छन ।

शनिबार फिदिम स्थित अजिमा होटेलको सभाहलमा सम्पन्न प्रथम अधिवेशनबा सभापतिमा तुम्रोक सहित ३५ पदाधिकारी रहेको समिती चयन गरिएको हो । समितिमा क्रमश सभापतिमा तेजहाङ तुम्रोक, उपसभापतिमा देविचन्द्र आङ्देम्बे, भविन्द्र माेक्तान, सचिवमा सावल पदालुङ, नर प्रसाद राई, सह-सचिवमा सुमन श्रेष्ठ, राज आङ्देम्बे, काेषाध्यक्षमा सविता जवेगु सहित ३५ सदस्यीय समिती चयन भएका हुन । यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुमा चन्द्र कुमार आङ्देम्बे, बल बहादुर तामाङ, कुशल गुरुङ, सुर्य प्रकाश चेम्जाेङ, तेजहाङ तुम्राेक, जानुका श्रेष्ठ र विजु राई चयन भएका छन्।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति रुपनारायण जबेगु, निवर्तमान सभापति नरेन्द्र कुमार केरुङ, प्रदेशसभा ‘क’ क्षेत्रीय सभापति भगिश्वर योङ्हाङ, हिलिहाङ गाउँपालिका अध्यक्ष समर बहादुर अधिकारी, केन्द्रिय प्रतिनिधि बलबहादुर तामाङ लगायतको उपस्तिथि रहेको थियो ।

महासंघको देशैभर जिल्ला अधिवेशन सम्पन्न गर्ने केन्द्रीय सर्कुलर बमोजिम आज पाँचथरमा अधिवेशन सम्पन्न गरिएको नवनिर्वाचित सभापति तेजहाङ तुम्रोकले बताए ।