२२ फागुन, २०८० पाँचथर। नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवंम् प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङबो मौसमले नेपाली कांग्रेसले पछिल्लो गठबन्धनलाई लिएर प्रधानमन्त्री र नेकपा (माओवादी केन्द्र)लाई गाली गलौज र आलोचना गर्नुको कुनै औचित्य नभएको बताएका छन्।
प्रदेश सरकारको पूर्व आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका नेता आङबोले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन्। आङबोले आफ्नो फेसबुकमा लेखेका छन्–
“पार्टी भित्रको आन्तरिक कलह र किचलो (जसले सहयात्री दल र सरकारलाई प्रत्यक्ष प्रभाव पार्छ) व्यवस्थापन गर्न र मुलुकमा दृढतापुर्वक सुशासन कायम गर्न कांग्रेस प्रतिपक्षमा बस्दा नै कांग्रेस र मुलुकको लागि फाइदा हुने देखियो। गठबन्धनको संवेदनशीलता र न्युनतम संस्कार नभएका कांग्रेसजनले प्रम प्रचण्ड र माओवादीलाई गाली गलौज र आलोचना गर्नुको कुनै औचित्य छैन …” ।
