Advertisement Ad

Advertisement Ad

इलाममा फागुन २४ र २५ गते साँस्कृतिक महोत्सव हुँदै

२२ फागुन २०८०, इलाम। फागुन २४ र २५ गते इलाममा राष्ट्रिय चुम्लुङ भेलासँगै आदिवासी याक्थुङ (लिम्बू) साँस्कृतिक महोत्सव हुने भएको छ।

किरात याक्थुङ चुम्लुङ संघीय कार्य समिति एवंम् आदिवासी याक्थुङ (लिम्बु) सांस्कृतिक महोत्सव मूल आयोजक समिति इलामको आयोजना र चुम्लुङ जिल्ला कार्य समिति इलामको व्यवस्थापनमा महोत्सव हुने भएको हो।

आयोजकले पत्रकार सम्मेलन गरेर भेला एवंम् महोत्सवबारे जानकारी गराएको हो। नारी विकास संघ इलामको कार्यालयको अग्रभागमा रहेको खुल्ला मैदानमा भेला भएर साँस्कृतिक साँस्कृतिक झाँकी सहित नगर परिक्रमा गरी कार्यक्रमस्थल इलाम चोक बजारमा उद्घाटन समारोह हुनेछ।

आदिवासी याक्थुङ (लिम्बु) समुदायको संस्कृति संरक्षण, प्रबद्र्धन एवंम् पुस्तान्तरणका लागि महोत्सव गर्न लागिएको किरात याक्थुङ चुम्लुङ संघीय कार्यसमितिका महासचिव निरन्ती तुम्बापोले बताइन्।