Advertisement Ad

Advertisement Ad

रेशम चौधरीले निर्वाचन आयोगबाट नाउपा अध्यक्षको मान्यता पाएनन्

२४ फागुन २०८०, काठमाडौ। रेशम चौधरीलाई निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको रुपमा मान्यता नदिने निर्णय गरेको छ।

कैलालीको टिकापुरमा गत पुष २७ गते भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनबाट रेशम अध्यक्षमा निर्वाचित भएका थिए। सोहि अनुसार नागरिक उन्मुक्ति पार्टीले माघ २९ गते आफ्नो दलको अभिलेख अद्यावधीक गरिदिन निर्वाचन आयोगमा निवेदन दिएको थियो।

सोबारे बिहीबार राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था अनुसार निर्वाचन आयोगमा रहेको उक्त पार्टीको अभिलेख अद्यावधीक हुन नसक्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए। आयोगमा रहेको अभिलेखमा नाउपाको अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी रहेकी छिन्।