Advertisement Ad

उदयपुर जीप दुर्घटनामा मृत्यु भएका आठै जनाको सनाखत

Advertisement Ad

१ चैत २०८०, पाँचथर। सुनसरीको धरानबाट भोजपुर हतुवागढी गाउँपालिकाको घोडेटार जाँदै गरेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ। एक बालिका सहित सात जनाको घटनास्थलमै मृत्यु भएको र बाँकि एक जनाको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।

मृत्यु हुने आठै जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख, प्रहरी नायव उपरिक्षक सुदिपराज पाठकले बताए। मृत्यु हुनेमा सुनसरीको इटहरी बस्ने जीप चालक ४० बर्षीय मान बहादुर बस्नेत, भोजपुर हतुवागढी गाउँपालिका–२ बस्ने ७० बर्षीया पर्वतमाया राई, २३ बर्षीय चन्द्र प्रकाश राई र ६ महिनाकी बच्चा बिसाङ चाम्लिङ राई रहेका छन्।

त्यस्तै हतुवागढी गाउँपालिका–५ की ३२ बर्षीया राजकुमारी राई, हतुवागढी गाउँपालिका–९ का ६८ बर्षीय पदम बहादुर थापा, ४५ बर्षीया कमला अधिकारीको पनि घटनास्थलमै र हतुवागढी गाउँपालिका–५ का ४२ बर्षीय किशन राईको उपचारको क्रममा धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भिर घाइते बनेकाहरुको उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

सुनसरीको धरानबाट भोजपुर हतुवागडीको घोडेटारतर्फ जाँदै गरेको को १ ज २५९३ नं.को जीप बिहीबार दिउँसो उदयपुरको बेलका नगरपालिका–७ मैनमैनीमा दुर्घटनामा परेको थियो।