Advertisement Ad

फालेलुङ–२ स्थित लुवाखोला खरिबोटे सिंचाइ आयोजनाको काममा तिव्रता

Advertisement Ad

जीपी अधिकारी

१ चैत २०८०, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका–२ एकतीनमा ९४ लाख ३१ हजार १५ रुपैंयाँ लागतको लुवाखोला खरिबोटे सिंचाइ कुलो आयोजनाको कामलाई तिव्रता दिइएको।

गाउँपालिकामा सञ्चालित साना सिंचाइ कार्यक्रम अन्तर्गत सिंचाइ कुलो आयोजना निर्माणले तिब्रता पाएको हो। स्थानीय खोलाबाट सिंचाइ कुलो निर्माण कार्य भएपछि ७९ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन्।

वर्षौँदेखि आकाशेपानी र परम्परागत कुलोबाट सिंचाइ गरिरहेका वडाका किसान सिंचाइ आयोजना सुरु भएपछि उत्साहित भएका छन्। आयोजना पूरा भएपछि त्यहाँका ७९ घरधुरी किसान प्रत्यक्ष लाभान्वित हुनेछन् भने ६२१ रोपनी अर्थात् ३२ हेक्टर जमिनमा सिंचाइ सुबिधा पुग्ने उपभोक्ता समितिका अध्यक्ष नीर कुमार गुरागाईंले बताए।

सिंचाइ योजनाका लागि स्वीस सरकारको ३० प्रतिशत, संघीय सरकारबाट २० प्रतिशत, प्रदेश सरकारबाट २० प्रतिशत, गाउँपालिकाको २० प्रतिशत र स्थानीय जनसहभागिताबाट १० प्रतिशत लागत साझेदारी छ। योजना आगामी असार २५ गतेसम्ममा सम्पन्न गर्ने गरी सम्झौता भएको हो। ्

गत बर्ष फालेलुङ–२ मै ९६ लाख रुपैंयाँको लागतमा छाङ्गेखोला सिंचाइ कुलो निर्माण सम्पन्न भएको छ। जरिङ्गे टोलमा निर्मित सिंचाइ कुलोबाट किसान लाभान्वित भएका छन्। सिंचाइ सुबिधा पुगेपछि अलैंची, धान, गहुँ लगायत कृषी उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको छ।