Advertisement Ad

Advertisement Ad

इलाम-२ उपनिर्वाचनः मिलन लिम्बू द्वारा उम्मेदवारी घोषणा

फागुन २०८०, काठमाडौं। इलाम मा आगामी वैशाख १५ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि मिलन लिम्बुले उम्मेदवारी घोषणा गरेका छन्।

आइतवार काठमाडौँमा पत्रकार सम्मेलन गरी लिम्बूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्। सो क्षेत्रबाट निर्वाचित नेकपा एमालेका सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने उनी पहिलो उम्मेदवार हुन्।  

उम्मेदवारी घोषणा गर्दै लिम्बुले अन्तिम सास रहेसम्म इलामेली जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए। राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा भ्रष्टाचार विरुद्ध लड्ने उनले बताए। 

विकास समृद्धिको आशामा राजनीतिक दलका उम्मेदवारलाई बारम्बार जिताएर पठाए पनि उनीहरूले सधैँ जनताको मतको दुरुपयोग गरेको उम्मेदवार लिम्बुको आरोप छ।

लामो समय पत्रकारिता गरेका लिम्बू स्वतन्त्र उम्मेदवारको घोषणा गर्दै चुनावी मैदानमा होमिएका हुन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव रहेका लिम्बू पछिल्लो समय दृष्टिन्यूज अनलाइनका सम्पादक थिए।