Advertisement Ad

कियाचु पान्थरको नवौं जिल्ला अधिबेशनको तयारी पुरा

Advertisement Ad

२१ चैत २०८० पाँचथर । किरात याक्थुङ चुम्लुङ (कियाचु) पाँचथरको नवौँ जिल्ला अधिबेशनको तयारी पूरा भएको छ ।

कियाचुले बुधबार फिदिममा पत्रकार सम्मेलन गरी अधिबेशनको तयारी पूरा भएको जानकारी दिएको हो ।पाँचथर सदरमुकाम फिदिमस्थित जिल्ला समन्वय समितिको खुल्ला मञ्चमा शुक्रबार अधिबेशनको उद्घाटन गर्ने तयारी छ । नयाँ नेतृत्व चयन गर्दै शनिबार अधिबेशन सम्पन्न गर्ने तयारी गरिएको कियाचु पाँचथरका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र कुमार केरुङले जानकारी दिए । अधिबेशनको अवसर पारेर बृहत् मौतिक सांस्कृतिक महोत्सव समेत आयोजना गरिने बताईएको हो ।

महोत्सवमा लिम्बू जातीका सांस्कृतिक झाँकी र सांगीतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । ‘झाँकी प्रस्तुतिलाई महत्वका साथ प्रस्तुत गरिनेछ,’ केरुङले भने ‘सांगीतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति पनि हुनेछ ।’ अधिबेशनको बन्दसत्रमा जिल्लाका एक सय २१ प्रतिनिधि र ६१ जना पर्यवेक्षकहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । अधिबेशनले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने केरुङको भनाई छ ।