Advertisement Ad

Advertisement Ad

‘ओयाम दर्पण’ र कविता कृति ‘सेप्माङ्लक’ बिमोचन

१७ चैत २०८०, काठमाडौं। शिक्षासेवी भिमकुमार सेलिङको अनुसन्धानमुलक कृतिओयाम दर्पण कवि लिला सेलिङ माबोको याक्थुङ (लिम्बू) भाषाको कविता कृति  सेप्माङ्लकको बिमोचन भएको छ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला लगायत अन्य अतिथिले दुबै कृतिको बिमोचन गरेका थिए। कार्यक्रमका वक्ताहरुले लामो समय गाउँको शैक्षिक उन्नयनमा समर्पित भिमकुमार सेलिङकृत अनुसन्धानमुलक कृतिओयाम दर्पणले ओयामको इतिहास चिनारीलाई उजागर गरेको कवि लिला सेलिङ माबोकृत  सेप्माङ्लकले याक्थुङ (लिम्बू) कविताको क्षेत्रमा एउटा ईटा थपिएको बताए।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि एवंम् पूर्व कुलपति काइँलासँगै कवि श्रवण मुकारुङ, याक्थुङ (लिम्बू) साहित्यकारद्वय अमर तुम्याहाङ, येहाङ लाओती लेखक जीके पोख्रेलले समिक्षात्मक टिप्पणी राखेका थिए।

पाँचथरको याङवरक गापा ओयामस्थित गुप्तेश्वर माविका पूर्व प्रधानाध्यापक भिमकुमार सेलिङको यसअघिशिक्षामा चौंवालीस बर्षकृति प्रकाशित छ। त्यस्तै हालः यूके रहँदै आएकी कवि, गीतकार एवंम् समाजसेवी लिला सेलिङ माबोको यसअघिलाहुरेनी पीडाकविता कृति प्रकाशित छ।

याक्थुङ लेखक संघ, उपत्यका समितिले आयोजना गरेको कार्यक्रम याक्थुङ लेखक संघ, उपत्यका समितिका अध्यक्ष शनि लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो।