Advertisement Ad

Advertisement Ad

नवमीडाँडामा मुस्ताङ अन्तर जिल्ला आमन्त्रित फुटबल प्रतियोगिता हुने

२४ चैत, २०८० पाँचथर । जिल्लाको फाल्गुनन्द गाउँपालिका – १ नवमीडाँडामा ‘मुस्ताङ अन्तर जिल्ला आमन्त्रित फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ ।

शनिबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी दिइएको हो । चैत २८ देखि बैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक तिजोक युवा क्लव, मैवाखोला गाउँपालिका ताप्लेजुङ, वाइ एफ सि मोरङ, आठराई गाउँपालिका तेह्रथुम, के एफ सि झापा, पाथिभरा युवा क्लव सुनसरी, नव किरण स्पोर्टिङ क्लव झापा र आत्मा पवित्र हक्चात यक्चुम माङसेवुङ इलामले भाग लिने आयोजक समितिले जनाएको छ ।

नयाँ वर्ष २०८१ को अवसर पार्दै तिजोक युवा क्लवले प्रतियोगिताको आयोजना गर्न लगेको हो ।प्रतियोगिताका विजेताले २ लाख ५ हजार ५ सय ५५ र उप विजेतले १ लाख ५ हजार ५ सय  ५५ रुपैंया नगद सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष हेमराज आङदेम्वेले जानकारी दिनुभयो ।

१६ लाख रुपैंयाको लागत अनुमान गरिएको प्रतियोगितामा फाल्गुनन्द गाउँपालिकाले १ लाख ५० हजार र वडा कार्यालय नवमीडाँडाले १ लाख रुपैंया आर्थिक सहयोग उपलव्ध गराएको पनि आयोजकले जनाएको छ । प्रतियाेगिताकाे समापन पुर्वसन्ध्यामा गायक प्रमाेद खरेल र भुमिका लिम्वु फियाककाे उपस्थितिमा साँस्कृतिक कार्यक्रम आयाेजना हुने बताइएकाे छ ।