Advertisement Ad

लिम्बू थरगत संस्थाले गर्यो पान्थरका दश पालिका जनप्रतिनिधिलाइ सम्मान

Advertisement Ad

२५ चैत, २०८० पाँचथर । लिम्बू थरगत संस्थाले पाँचथर जिल्लाका दश जना जनप्रतिनिधिलाई शनिवार सम्मान गरेको छ ।

शनिबार फिदिम -४ सुम्जिरी सुम्हात्लुङ आम्बेपजमा बिशेष कार्यक्रमको आयोजना गरि जिल्लाका जिल्ला समन्वय प्रमुख, उपप्रमुख र पालिका अध्यक्ष र उपाध्यक्ष गरी दश जनालाई सम्मान गरेको हो । पालिकाहरुमा रहेका सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक थात्थलोहरु संरक्षण तथा प्रर्बद्धनमा योगदान गरेको भन्दै थरगत संस्थाले सम्मान गरेको हो । कोशि प्रदेसका भौतिक पुर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगुले उनीहरुलाई सम्मान पत्र बितरण गर्नु भएको थियो । त्यस्तै फिदिम नगर प्रमुख मित्र प्रसाल काफ्ले र उपप्रमुद राधाकृष्ण न्यौपानेले दोशल्ला बितरण गर्नु भएको थियो ।

सम्मानति हुनेमा जिसस प्रमख रामराज आङ देम्बेम्बे, उपप्रमुख यामकुमार आङबो, फाल्गुनन्द गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बे, कुम्मायक गाउँपालिका अध्यक्ष बम प्रसाद लावती, फालेलुङ गाउँपालिका अध्यक्ष वीरबिक्रम थाम्सुहाङ सम्मानीत भएकाछन । त्यसैगरी फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष ठकुरसिङ नेम्बाङ , फालेलुङ गाउँपालिका उपाधयक्ष महेन्द्र जबेगु, तुम्बेवा गाउँपालिका उपाध्यक्ष खड्क सम्बाहाम्फे, मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सन्तोस सेर्मा सम्मानीत भएको आयोजक संयोजक बिजयबोध लावतीले जानकारी दिए । कार्यक्रममा मन्त्री जबेगुले आफ्नो स्थानीय तहमा भएको ऐतिहासीक पक्षको संरक्षण गरेर पुर्खाको योगदानको सम्मान गरेको र पर्यटकको आगमन बढाएर स्थानीयको आर्थिक सुधार हुन थालेको बताउनु भयो । एतिहाँसीक तथा साँस्कृतिक क्षेत्रमा संरक्षण तथा प्रर्बद्धन लगायतको पुर्पाधार निर्माणमा प्रदेस सरकार र स्थानीय तहले लगानी गरेर समुदायको मन जित्न सफल भएको बताउनु भयो । कार्यक्रममा नगर प्रमुख काफ्लेले बिकास र संबृद्ध सबै पक्षस सगसंगै हुनुपर्ने बताउनु भयो । नगर उपप्रमुखले सबैक सम्मान गर्नुपर्ने राज्यको संयन्त्र बनेको समय बिभक्त अवस्था बड्दै गएको चिन्ता ब्यत्त गर्नु भएको थियो । नेपाली काग्रैस नेता रुपनारायण जबेगुले साझा र प्रभावकारी रुपमा थरगत सस्थाले काम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा प्रथाजनीत अभियान्ताद्वय नन्द कन्दवा र डाक्टर कमल तिगेलाले भुमि, प्रथानीत र तुम्याहाङ प्रणालीको बारेमा स्प्रष्ट पार्नु भएको थियो । सोहि अवसरमा पान्थर जिल्ला वा थुममा रहेको ५३ लिम्बु थरगत संस्थाको सस्थागत सुधार, एतिहासीक स्थल तथा माङगेना यक संरक्षण गर्न भुगोल थरगत सयङ क्षेत्र समेटिने गरी सात जना सहजिकरण समुह सदस्य समेत गठन गरीएको आयोजकले जानकारी दिएकाछन् ।