Advertisement Ad

Advertisement Ad

चलचित्र ‘चेः’ निर्माण युनिटद्वारा विद्यार्थीलाई कपडा वितरण

२७ चैत २०८०, पाँचथर। निर्माण भइरहेको लिम्बू कथानक चलचित्र ‘चेः’ निर्माण युनिटले विद्यार्थीहरुलाई कपडा वितरण गरेको छ।

मंगलबार फालेलुङ-८ स्थित नादङ चोकमा आयोजित कार्यक्रमकाबीच सिद्धेश्वर आधारभूत विद्यालयका ३५ जना विद्यार्थीलाई कपडा वितरण गरिएको हो।   चलचित्र ‘चेः’ परिवारको तर्फबाट निर्माता भवेन्द्र थाम्सुहाङले विद्यार्थीहरुका लागि कपडा सौजन्य गरेका हुन्। चलचित्र ‘चेः’ को भर्खरै छायाङ्कन सम्पन्न भएको छ।

याक्थुङ फिल्मसको व्यानरमा बनिरहेको चलचित्रको लेखन, निर्देशन सागर केरुङको रहेको छ। सो चलचित्रका कलाकार समेत रहेका विद्यालयका प्रधानाध्यापक नरेन्द्रराज केरुङले आफ्नो विद्यालयका विद्यार्थीलाई पोशाक प्रदान गरेकोमा चलचित्र ‘चेः’ परिवार र निर्माता थाम्सुहाङलाई धन्यवाद दिए।