अर्जुन तुम्बापो
१२ अप्रिल २०२४, दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया केन्द्रले आफ्नो २४ औं बार्षिकोत्सव मनाउदैछ। अप्रिल १३ को दिन २४ औं बार्षिकोत्सव मनाउन लागिएको हो।
दक्षिण कोरियाको दोङदेमुन स्थित नेपाली थाइ रेष्टुरेण्टको सभाहलमा हुने कार्यक्रममा कियाचु दक्षिण कोरिया केन्द्रीय कार्यसमिति र क्षेत्रीय कार्यसमितिका पदाधिकारी एवंम् सदस्यहरुको सहभागिता रहनेछ। कार्यक्रममा संस्थाका सल्लाहकार र दक्षिण कोरियामा रहेका याक्थुङ (लिम्बु) हरुको सहभागिता रहने कियाचु दक्षिण कोरियाका अध्यक्ष दिर्ज काङ्भा लिम्बुले बताए।
साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुती र छलफल गरिनुकासाथै संस्थाका संस्थापकहरुलाई सम्मान गरिने कार्यक्रम रहेको छ। सो अवशरमा संस्थाको वेवसाइट सार्वजनिक गरिने कार्यक्रम समेत रहेको छ। विगतमा संस्थाले गरेका कार्यहरुको समिक्षा गर्दै थप कार्ययोजनाहरुको विषयमा ब्यापक छलफल हुने अध्यक्ष काङभाले बताए।
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियमाा बिगत २४ बर्षदेखि क्रियाशील रहदै आएको छ।
