Advertisement Ad

माझीटारमा जीप दुर्घटनाः १० घाइते

Advertisement Ad

२ वैशाख २०८१, पाँचथर। तेह्रथुमको आठराई गापा–६ माझीटारमा आइतबार जीप दुर्घटना भएको छ। दुर्घटनामा परी १० जना घाइते भएका छन्।

तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको स १ ज २०६१ नम्बरको जीप दुर्घटनामा परेको हो। घाइतेहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको थियो।

घाइतेमध्ये तेह्रथुमको मेन्छ्यायेम–५ की रुपा बस्नेत, दुर्गा बस्नेत र १८ महिनाकी रिदा बस्नेतलाई थप उपचारका लागि रेफर गरिएको प्रहरीले जनाएको छ।