Advertisement Ad

Advertisement Ad

लिम्बू कथानक चलचित्र ‘चेः’ प्याकअप्

२ वैशाख २०८१, पाँचथर। लिम्बू कथानक चलचित्र ‘चेः’ को छायाङ्कन सकिएको छ। चलचित्रको छायाङ्कन् पाँचथरको फिदिम र फालेलुङका विभिन्न स्थानमा गरिएको थियो।

याक्थुङ फिल्मस्का लागि इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङ निर्माता रहेको चलचित्रको लेखन, निर्देशन सागर केरुङको रहेको छ। याक्थुङ (लिम्बू) भाषा ‘चेः’ को अर्थ ‘लास’ हुन्छ। चलचित्रमा विकासको नाममा प्राकृतिक, साँस्कृतिक सम्पदा र समाधीस्थल भत्काउने र जोगाउनेबीचको द्वन्द्वको कथा रहेको लेखक, निर्देशक केरुङले बताए। ‘चलचित्रमा याक्थुङ (लिम्बू) हरु आन्तरिक र बाह्य रुपमा कसरी लास भइरहेका छन् भन्ने यथार्थलाई पनि देखाउन खोजिएको छ’, निर्देशक केरुङले भने।

चलचित्रमा युवराज राईको छायाङ्कन, उदय बेघाको कला निर्देशन, बुद्धराज लिम्बूको संगीत र अमृत जबेगुको श्रृङ्गार रहेको छ। चलचित्रमा सागर केरुङ, बिमला खजुम, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, नरेन्द्रराज केरुङ, पूर्ण सेलिङ, प्रमिला लिम्बू, यलम्बर खम्बु, अभिषेक केरुङ, राजु घिमिरे, नुनाम केरुङ, कर्णहाङ लिम्बू लगायतको अभिनय रहेको छ।

चलचित्र ‘चेः’ लाई आगामी साउन १ गतेबाट प्रदर्शनमा ल्याउने गरी काम भइरहेको निर्माण पक्षले जनाएको छ।