४ चैत २०८१, पाँचथर। फिदिम नपा–१० याङनामस्थित पर्यटकीयस्थल खलङगाटारमा आयोजित याङनाम फुङ्नाम मेलाको अवशरमा खुला कविता प्रतियोगिता सम्पन्न भएको छ।
हालै सम्पन्न भएको मेलाको अवशरमा ‘माटो र मुक्ति’ शीर्षकमा खुला कविता प्रतियोगिता गरिएको थियो। प्रतियोगितामा पाँचथरकी कवि पवित्रा प्रयत्न प्रथम, तेह्रथुमका कवि मनोज तेयुङ (भगिश्वर) द्वितीय र पाँचथरका कवि मणी प्राञ्जल त्रितीय भएका थिए।
उनीहरुले क्रमशः नगद १५ हजार ५ सय रुपैंयाँ, नगद १० हजार ५ सय रुपैंयाँ र नगद ५ हजार ५ सय रुपैंयाँ सहित प्रमाण–पत्र प्राप्त गरेका थिए। प्रतियोगिताको लागि प्रथम पुरस्कार प्रायोजन हालः न्यूयोर्कमा रहेका सुमन थाम्सुहाङ, द्वितीय पुरस्कार प्रायोजन हालः न्यूयोर्कमै रहेका निलम जबेगु योङहाङ र त्रितीय पुरस्कार प्रायोजन कवि तथा आख्यानकार पुष्पहाङ लोवाले गरेका थिए।
पुरस्कार प्रायोजनको संयोजन हालः अमेरिका रहेका कवि तथा समाजसेवी बिवश बेनामले गरेको याङनाम फुङ्नाम मेला मूल आयोजक समिति अध्यक्ष तथा फिदिम नपा–१० का वडा अध्यक्ष होमराज थाम्सुहाले बताए।
