Advertisement Ad

याङनाम गोल्डकपको उपाधी याङनाम एफसीलाई

Advertisement Ad

२ वैशाख २०८१, पाँचथर। फिदिम–१० याङनामस्थित खलङगाटारमा सम्पन्न दोस्रो संस्करणको याङनाम गोल्डकप फुटवल प्रतियोगितामा याङनाम एफसी (रातो) च्याम्पियन बनेको छ।

त्यहाँस्थित इमानसिं रङ्गशालामा आइतबार फिदिम नगरपालिका र याङनाम एफसी (रातो) बीच भएको फाइनल खेलमा याङनामले टाइब्रेकरमा बाजी मार्दै उपाधीमाथि कब्जा जमाएको हो। खेलको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट लिइएको थियो।

टाइब्रेकरमा याङनामले प्रतियोगिताको डिफेन्डिङ च्याप्मियन फिदिममाथि ५–४ को जीत निकाल्यो। यो सँगै याङनामले गत बर्षको हारको बदला लिएको छ। प्रतियोगिताको पहिलो संस्करणमा याङनाम फिदिमसँग २–० ले पराजीत हुँदै उपाधी उचाल्ने अवशरबाट बञ्चित भएको थियो।

जीतसँगै याङनामले नगद २ लाख २ हजार रुपैंयाँ प्राप्त गर्यो। उपविजेतामा सिमित फिदिमले नगद १ लाख १ हजार रुपैंयाँमा चित्त बुझायो। प्रतियोगितामा आयोजकका दुई टिम र जिल्लाका सात पालिका गरी ९ टोलीको सहभागिता रहेको थियो।

याङनाम फुङ्नाम मेलाको अवशरमा गोल्डकप आयोजना गरिएको मेला मूल समारोह समिति तथा फिदिम–१० का वडा अध्यक्ष होमराज थाम्सुहाङले बताए।