२७ वैशाख २०८१, विराटनगर। कोशी प्रदेशको मूख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।
प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। कार्कीलाई नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का ५२ प्रदेशसभा सदस्यको समर्थन छ।
निवर्तमान मूख्यमन्त्री केदार कार्की भने सरकार गठन आह्वान विरुद्ध सर्वोच्च अदालत पुगेका छन्।
