Advertisement Ad

कियाचु पान्थरद्वारा लब्रेकुटी परिसरमा सरसफाइ

Advertisement Ad

भुपेन योङ्हाङ २३ बैशाख, २०८० पाँचथर । किरात याक्थुङ चुम्लुङ पान्थर शाखाले धार्मिक तथा पर्यटकियस्थल लब्रेकुटी परिसरमा सरसफाइ गरेको छ ।
९४ औं समाज सुधार दिवसको अवसर पारेर शनिबार सरसफाइ अभियानको आयोजना गरिएको हो ।  लब्रेकुटीमा अवस्थित माङ्हिम परिरस, पदमार्ग, वनभोज स्थल लगायतमा रहेको फोहोर उठाई नस्ट गरिएको छ ।

पर्यावरण संरक्षण साथै धार्मिक तथा साँस्कृतिकस्थलहरुको संरक्षणका निम्ति कियाचु पान्थरले सरसफाइ अभियान सुरु गरेको कियाचु पान्थर अध्यक्ष सुरेन शिशिर केरुङले बताए । आगामी दिनमा पनि पाँन्थरका सबै क्षेत्रका राज्यको पहुँच नपुगेका आवस्यक ठाउँहरुको पहिचान गरि यस्ता सामाजिक अभियानहरु जारी राख्ने अध्यक्ष केरुङ्ले बताए । यस्ता सार्वजनिक स्थलहरुमा जथाभावी फोहोर गर्न नहुने चेतना आम जनमानसमा आउन आवस्यक रहेको कियाचु प्रदेश अध्यक्ष मधुराज केरुङ्ले बताए ।

सरसफाइ अभियानमा कियाचु पान्थरका पदाधिकारी र अन्य सामाजिक ब्यक्तिहरुको उपस्तिथिति रहेको थियो ।