Advertisement Ad

Advertisement Ad

जङ्गलमा लागेको डडेलोले बनायो नागरिकको उठिबास

पदमसुखी सम्बाहाम्फे २३ बैशाख, २०८१ पाँचथर । पाचथरको कुम्मायक गाउपालिका ४ साबिक रानिगाउ ६ स्थित खाम्लेको पुच्छारे टोलमा गत बिहिवार दुई घरमा आगलागी भएको छ ।

जङ्गलमा लागेको डडेलो बस्तीमा आइपुगेपछि बर्ण बिक्रम सम्बाहाम्फे र उनका छोरा सरोज सम्बाहाम्फेको खरको छानो भएको घर जलेर खरानी भएको छ । बिहान १० बजे अचानक घरमा आगलागी हुदा नगद १० हजार रुपैयाँ र एक तोला सुन साथै चादीको गहना एक तोला सहित लत्ताकपडा भाडा वर्तन जलेर नष्ट भएको अग्नि पीडित प्रमिला सम्बाहाम्फेले बताए । जिउमा लाएको एकसरो लुगा बाहेक केही जोगाउन नसकेको उनी बताउछिन । ९ जनाको परिवार आगलागीबाट विस्थापित भएर हाल छिमेकीको घरमा शरण लिएर बसेको पनि उनले बताए । यसैगरी सोही दिन साविक रानिगाउ ७ आहाले टोलमा रहेको ओम निरौलाको घरमा पनि आगलागी भएको थियो भने पुच्छारे टोलकै फगेन्द्र सम्बाहाम्फेको दुइटा कटेरो समेत जलेर खरानी भएको छ । मानवीय क्षति नभए पनि लाखौ रुपैयाँको धनमालको नोक्सान बेहोर्नु परेको पिर त छदैछ तर तत्काल एकसरो लुगा फेर्न र खाना खान अत्यन्तै समस्या भएको प्रमिलाको भनाइ छ।

सोही समयमा कुम्मायक गाउपालिकाको केन्द्र यासोक बजारमा सप्ताह ब्यापी मिनिमेला तङ्सुम तङनाम त्रिशाली मेला एवं पुजाको ब्यस्त कार्यक्रमले गर्दा वडा तथा स्थानीय सरकार बाट अग्नि पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन नसकिएको वडाका वडाअध्यक्ष फगेन्द्रकुमार सम्बाहाम्फेले बताए ।