Advertisement Ad

कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोलडकपको उपाधी पाँचथर एफसि लाई

Advertisement Ad

२३ बैशाख, २०८० पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकपको उपाधि वाइवाइ पाँचथर फुटवल क्लव पाँचथरले उचालेको छ।

शनिवार पृथ्वी मा.वि.को खेलमैदानमा भएको फाइनल खेलमा रेड हर्स फुटवल क्लव इलामलाई ३–२ को अन्तरले हराउदै पाँचथरले उपाधि हात पारेको हो। प्रतियोगिताको बिजेता पाँचथर फुटवल क्लव पाँचथरले नगद ३ लाख ५५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।उपबिजेतामा चित्त बुझाएको इलामले नगद १ लाख ७७ हजार ७ सय ७७ रुपैँया र ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको छ ।
खेलको ७ औं मिनेटमा पाँचथरका क्याप्टेन रोशन आङदेम्बेले गोल गर्दै सुरुवाती अग्रता दिलाए । इलामका अर्जुन गुरुङले खेलको १८ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा फर्काए । त्यसको केही समयमै फ्रिकिकबाटै फिदिमका निकेश श्रेष्ठले २१ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो हापको ४८ औं मिनेटमा इलामका डिफेन्डर विदेशी खेलाडी मौसाले फ्रिकिकलाई हेड मार्फत गोल गर्दै पुन खेललाई २–२ को बराबरीमा पुर्याए । अतिरिक्त समयको अन्तिम ८१ औं मिनेटमा थ्रोइङको अवसरलाई सदुपयोग गर्दै हेर्डमार्फत पाँचथरका प्रदिप बुढाथोकीले निर्णायक गोल गर्दै पाँचथरलाई जित दिलाए ।

खेलको म्यान अफ द म्याच पाँचथरका प्रदिप बुढाथोकी घोषित हुदै नगद पाँच हजार र ट्रफि हात पारे । प्रतियोगिताको राइजिङ प्लेयर पाँचथरका मारम फेवादेन, बेष्ट डिफेन्डर रोशन आङदेम्बे, बेष्ट गोलकिपर मिराक खजुम, प्लेयर अर्फ द टुनामेन्ट रोजिन माझी बन्दै नगद र ट्रफि हात पारे । त्यस्तै हाइस्कोर तर्फ आयोजक यलम्बर युवा संस्थाका दिल सम्बाहाम्फे, बेष्ट कोच पाँचथरका अनुराग केच्छाकी मगर घोषित भए। प्रतियोगिताको बेष्ट मिडफिल्डर इलामका पुस्कर दाहाल, बेष्ट फरवार्ड अर्जुन गुरुङ घोषित हुदै नगद ट्रफि हात पारे।

बैशाख १६ गतेदेखि संचालन भएको प्रतियोगितामा झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङ सहितका आठ टीमको सहभागिता रहेको अयोजक संस्थाका अध्यक्ष भिमनारेन लावतीले जनाए।