Advertisement Ad

चलचित्र ‘युप्पारुङ पि?मा’ को फिदिममा विशेष  प्रदर्शन

Advertisement Ad

२२ बैशाख, २०८१ पाँचथर । नेपाली कथानक चलचित्र ‘युप्पारुङ पि?मा’ को फिदिममा विशेष  प्रदर्शन गरिएको छ ।

शनिबार फिदिमस्थित छाब्दी बराही चलचित्र हलमा प्रदर्शनि गरिएको हो । चलचित्र हेर्न आएका दर्शकले लिम्बू संस्कृतिलाई प्रवर्द्धन गर्न चलचित्रले महत्त्वपूर्ण योगदान गरेको प्रतिक्रिया दिए । चलचित्र ‘युप्पारुङ पि?मा’ को प्रदर्शनीमा जिल्ला समन्वय समिती पाँचथरका उपप्रमुख याम कुमार आङ्बो, चलचित्रकर्मी र कलाकार लगायतको उपस्थिति रहेको थियो।

धरान आसपासमा छायांकन गरिएको चलचित्रको रविन श्रेष्ठले लेखन निर्देशन गरेका हुन । याक्थुङ फिल्म्स् को आयोजनामा प्रदर्शन गरिएको चलचित्रमा सानुबाबा सुब्बा, जयन्ती सुहाङ तुम्बापो, सागर सिङगल लगायतले अभिनय गरेका छन भने पृथ्वी शासन कानुन लिम्बू र सागर सिङगलको लगानी रहेको छ ।