Advertisement Ad

Advertisement Ad

अखिल नेपाल लेखक संघको अध्यक्षमा स्वप्निल स्मृति

३० वैशाख २०८१, काठमाडौँ। कवि तथा अध्येता स्वप्निल स्मृति अखिल नेपाल लेखक संघको केन्द्रीय अध्यक्ष निर्वाचित भएका छन्।

शनिबार सम्पन्न संघको चौंथो राष्ट्रिय सम्मेलनले स्वप्निल स्मृतिको अध्यक्षतामा ७१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो। नवनिर्वाचित समितिको उपाध्यक्ष रामहरी श्रेष्ठ, नारायण मरासिनी र पञ्चकुमारी परियार रहेका छन्।

महासचिवमा जीत अधिकारी, उपमहासचिव सुधा मैनाली र कोषाध्यक्ष तिलक चाम्लिङ निर्वाचित भएका छन्।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख वक्ता, नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले कम्युनिष्ट आन्दोलन विखण्डनतिर धकेलिएको बेला संघले नयाँ सिराबाट चिन्तनको अभ्यास गर्ने विश्वास व्यक्त गरे।