Advertisement Ad

फालेलुङमा ‘साहित्यिक एवं साँस्कृतिक महोत्सव’ को तयारी

Advertisement Ad

८ जेठ, २०८१ पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिकामा ‘वृहत साहित्यिक एवं साँस्कृतिक महोत्सव’ को तयारी गरिएको छ ।

मंगलबार फिदिमस्थित नेपाल पत्रकार महासङको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको बारेमा जानकारी गराइएको हो । फालेलुङ वाङमय प्रतिष्ठानले आयोजना गर्ने महोत्सव आउँदो जेठ १८ र १९ गते दुई दिन लाग्ने आयोजक समितिले जनाएको छ ।

महोत्सव अन्तर्गत जेठ १८ गते समुदघाटन, फालेलुङ गाउपालिका भित्रका सामाजिक, राजनैतिक, शैक्षिक, साहित्यीक, कलाकार, खेलकुद र पत्रकारहरुलाई सम्मान गर्ने र कविता वाचन कार्यक्रम हुने फालेलुङ वाङमय प्रतिस्ठान अध्यक्ष सुरेन शिशिर केरुङ ले बताए । जेठ १९ गते  पालिकाभित्र रहेका विभिन्न जातिहरुको सांस्कृतिक झाँकि प्रस्तुत हुने, मायाँको चिनो वितरण र चर्चित गायिका ज्योति मगरको साङ्गितिक प्रस्तुती रहने केरुङ्ले बताए ।

दुई दिनसम्म चल्ने महोत्सव फालेलुङ गाउपालिका,३ स्थित नाम्लुवामा रहेको प्रेमवादि सामुदायिक भवनमा सम्पन्न हुने बताइएको छ ।