Advertisement Ad

२१८ जनाले लिए फिदिम ६ मा वडा कार्यालय बाटै सामाजिक सुराक्षा भत्ता

Advertisement Ad

८ जेठ, २०८१ पाँचथर । फिदिम ६ नम्बर वडाले मंगलबार वडा कार्यालयबाटै तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ ।

हिमालयन बैंकसँगको सहकार्यमा वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता बितरण गरेको हो । वडा कार्यालयबाट मंगलबार २१८ जनाले भत्ता लिएका छन् । असहाय, अपांग, वृद्ध  नागरिक भत्ता लिन फिदिम पुगिरहनुपर्ने बाध्यताको अन्त्य र अन्य विविध खर्छ नहुने हुँदा नागरिकको सहजताको लागि वडा कार्यालयबाटै बितरण गर्न थालेको फिदिम ६ का वडाध्यक्ष बिपन तुम्रोकले बताए ।

वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता पाएपछि आफुलाई धरै सहज भएको ९१ वर्षिय हस्त बहादुर थापाले बताए । पहिला फिदिममै पुगेर धेरै झन्झट ब्यहोर्नु परेको अनुभव सुनाउदै अहिले वडा बाटै पाएपछि सजिलो भएको लाभग्राहीको प्रतिक्रिया थियो ।
धेरै नै अशक्त र वयोवृद्धलाई सामाजिक सुरक्षा भत्ता लिन वडा कार्यालयसम्म आउन असहज भएको गुनासो आएकाले सो अवस्थाका नागरिकको लागि घरमै पुर्याइदिने ब्यवस्था गर्ने तयारी गरिरहेको वडाध्यक्ष बिपन तुम्रोकले बताए ।