Advertisement Ad

पूर्वको चर्चित मदनमेला जेठ १३ देखि लाग्ने

Advertisement Ad

८ जेठ २०८१, आठराई। तेह्रथुमको आठराईस्थित सक्रान्ति बजारमा लाग्ने पूर्वको चर्चित मेदनमेला यस बर्ष यहिं जेठ १३ गतेदेखि जेठ १९ गतेसम्म लाग्ने भएको छ।

आठराई गाउँपालिकाको सहयोग तथा मदनमेला मूल समारोह समितिको आयोजनामा विविध प्रतियोगिता र कार्यक्रमकासाथ यसपल्टको मदनमेला लाग्नेछ।

अठराई गाउँपालिकाको केन्द्र सक्रान्ति बजारमा लाग्ने मेलालाई स्थानीय विविधताको महोत्सवको रुपमा लगाउने तयारी रहेको मदनमेला मूल समारोह समितिका अध्यक्ष बलिराज इङनामले बताए। मेला अवधीभर स्थानीय उत्पादन, रैथाने परिकार र सामग्रीहरुको प्रदर्शनी एवंम् बिक्री वितरण गरिनेछ।

मेलाको अवशरमा खुला पूरुष तथा महिला फुटवल प्रतियोगिता, पालिकास्तरीय पूरुष भलिवल प्रतियोगिता लगायतका खेलकुद प्रतियोगितासँगै या?लाङ् (धान नाच), खुला नृत्य, खुला लोकदोहोरी गायन, कविता वाचन जस्ता प्रतियोगिता आयोजना गरिएका छन्।

पूरुष फुटवलतर्फ विजेताले नगद २ लाख, उपविजेताले नगद १ लाख ३० हजार रुपैंयाँ र महिला फुटवलतर्फ विजेताले नगद ८० हजार र उपविजेताले नगद ५० हजार रुपैंयाँ प्राप्त गर्नेछन्। त्यस्तै अन्य प्रतियोगिताका लागि पनि नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष इङनामले बताए।

वि.सं.२०१५ देखि लाग्दै आएको मदनमेला पूर्वको चर्चित मेला हो। अरुबेला वैशाखमा लाग्ने भए पनि यसपल्ट भने जेठमा लाग्ने भएको हो।