Advertisement Ad

कृष्ण सेन इच्छुक स्मृति दिवशमा प्रेस सेन्टर पाँचथरद्वारा आवासीय विद्यार्थीलाई खाद्यान्ह प्रदान

Advertisement Ad

१३ जेठ २०८१, पाँचथर। पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको २२ औं स्मृति दिवशको अवशरमा प्रेस सेन्टर नेपाल, पाँचथरले फिदिम–२ स्थित आदर्श आवासीय विद्यालयका विद्यार्थीलाई खाद्यान्ह प्रदान गरेको छ।

दिवशको अवशरमा आवासीय रुपमा अध्ययनरत विद्यार्थीलाई दश हजार रुपैंयाँ बराबरको चामल, खानेतेल, नुन र दाल प्रदान गरिएको प्रेस सेन्टर नेपाल, पाँचथरका अध्यक्ष सेसेहाङ लाओतीले बताए। ती सामग्री प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य विजय बोध लाओतीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवी तुम्बापोलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मिम मुखिया, स्थानीय राजनीतिकर्मी राजेश सुब्बा, फिदिम–२ का वडा सदस्य कमला तुम्बापो, स्थानीय समाजसेवी जय प्रकाश तुम्बापो, स्थानीय तथा सञ्चारकर्मी नारायण तुम्बापो लगायत शिक्षक, विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो।

कक्षा–३ सम्म पठनपाठन हुने उक्त विद्यालयमा अहिले ११ जना बालबालिका आवासीय रुपमा अध्ययनरत रहेको विद्यालयले जनाएको छ।

शहीद कृष्ण सेन इच्छुकलाई तत्कालीन शाही साशनकालमा लेखेकै कारण पक्राउ गरी निर्ममतापूर्वक यातना दिएर मारिएको थियो। जनादेश साप्ताहिकका सम्पादक तथा जनदिशा दैनिकका प्रधान सम्पादक भएर काम गरेका सेनले पत्रकारिता र साहित्यको माध्यमबाट वर्गीय विभेद विरुछ सशक्त आवाज उठाएका थिए।

उनका ‘शोकाञ्जली’, ‘बन्दी र चन्द्रागिरी’, ‘इतिहासको यस घडीमा’ नामक तीन काव्यकृति प्रकाशित छन्। उनलाई २०५७ जेठ ६ गते काठमाडौंबाट नियन्त्रणमा लिई महेन्द्र पुलिस क्लवमा राखेर चरम यातना दिइएको थियो। उनको जेठ १३ गते मृत्यु भएको बताइन्छ।

प्रेस सेन्टर नेपाल लगायतका संघ–संगठनले हरेक बर्ष जेठ १३ गतेलाई इक्छुकको स्मृति दिवशको रुपमा मनाउने गरेका छन्।