Advertisement Ad

धिरज लिम्बुको निर्देशनमा ‘लगन जुराइ’ म्युजिक भिडियोको निर्माण

Advertisement Ad

काठमाडौ । १२ जेठ, २०८१ शनिवार ।
नेपाली गीत ‘लगन जुराई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार सुकु लिम्बू युटुब च्यानलद्वारा सार्वजनिक गरिएको भिडियोको निर्देशन धिरज लिम्बुले गरेका हुन । किरण चेम्जोङको शब्द, सेमिहाङ सिङ्गकको संगीतमा विकास लिम्बुले स्वर दिएका छन् । हङकङ आसपासमा छायांकन गरिएको भिडियोमा सुप्रीया लिम्बु र मुथी लिम्बुले अभिनय गरेका छन भने सुक्मिता केरुङ, माया मगर, धिरज लिम्बू लगायतको पनि अभिनय रहेको छ ।
छायांकन, सम्पादन मज्जाको राइ र सुकु लिम्बुको निर्माण रहेको भिडियोको सार्वजनिकि कार्यक्रममा मौसम इम्बुङ, युगल पोमु र मिलन संकर लगायतको उपस्थित रहेको थियो ।
भिडियो हेर्नुहोस् –