Advertisement Ad

फिदिम र फालेलुङमा नेकपा (माओवादी केन्द्र)को प्रशिक्षण कार्यक्रम सम्पन्न

Advertisement Ad

१२ जेठ २०८१, पाँचथर। नेकपा (माओवादी केन्द्र)ले सदरमुकाम फिदिम र फालेलुङ–८ मा संगठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी प्रशिक्षण, नवप्रवेशीलाई स्वागत तथा शहीद परिवारलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रबार सदरमुकाम फिदिममा योङ कम्युनिष्ट लिग (वाईसीएल) पाँचथर र अखिल (क्रान्तिकारी) पाँचथरको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको अखिल (क्रान्तिकारी) पाँचथरका अध्यक्ष सन्दिप तुम्रोकले बताए। प्रशिक्षणमा युवा तथा विद्यार्थी संगठनमा आबद्ध नेता, कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको वाईसीएल पाँचथरका अध्यक्ष गणेश तुम्रोकले बताए।

अभियान अन्तर्गत शनिबार जिल्लाको फालेलुङ गाउँपालिका–८ मा शहीद परिवारलाई सम्मान साथै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नेकपा (माओवादी केन्द्र) फालेलुङ–८ का अध्यक्ष घनेन्द्र केरुङले जानकारी दिए।

पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेता, पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङबो (मौसम), प्रदेश अध्यक्ष हर्क बहादुर नेम्बाङ (मिक्सो), केन्द्रीय सदस्य सीता थेबे, केन्द्रीय लेखा आयोग सदस्य नरबहादुर दुलाल (नेटवर्क), प्रदेश सचिवालय सदस्य दिनेश लाओती साथै महेन्द्रहाङ जबेगु, टिका नेम्बाङ लगायतको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।