Advertisement Ad

Advertisement Ad

सफल कृषक सहकारी संस्थाको सार्वजनिक सुनुवाई सम्पन्न, कृषकलाई विभिन्न सामग्री वितरण

१६ जेठ २०८१, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका–८ स्थित सफल कृषि सहकारी संस्था लिमिटेडले मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। सो अवशरमा सहकारीमा आबद्ध कृषकहरुलाई विभिन्न सामग्री समेत वितरण गरिएको थियो।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरको आर्थिक सहयोगमा निर्माण गरिएका १६ वटा गाई गोठ निर्माण कार्य सम्पन्न भएका छन्। ७५ प्रतिशत अनुदान र २५ प्रतिशत कृषक स्वयंम्को लगानीमा गोठ निर्माण गरिएका हुन्। गोठ निर्माणकार्य सम्पन्न भएपछि सहकारीले मंगलबार सार्वजनिक सुनुवाई गरेको हो।

व्यवसायिक पशुपालन कार्यक्रम अन्तर्गत ३० लाख रुपैंयाँ अनुदान र १० लाख रुपैंयाँ सहकारीको लगानी गरी कूल ४० लाख रुपैंयाँ बजेटमा गोठ सुधार, नयाँ गोठ निर्माण र पशुको औषधी लगायतका अन्य सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष घनेन्द्र केरुङले बताए।

सहकारीका ५३ सेयर सदस्यले पशुको औषधी, दुध धुने बाल्टी र दुग्ध बोक्ने क्यान पाएका छन्। गाई र भैँसीका लागि च्यापकटर ६ थान कृषकलाई वितरण गरिएको अध्यक्ष केरुङले बताए।

सार्वजनिक सुनुवाई कार्यक्रम फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगूको प्रमुख आतिथ्यता, वडा नं.८ का वडाअध्यक्ष श्रीहाङ केरुङको विशेष आतिथ्यता तथा सहकारीका अध्यक्ष घनेन्द्र केरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य तथा शेयर सदस्यहरुको उपस्थित थियो।