Advertisement Ad

पाँचथरमा युवा तथा पत्रकार माओवादी केन्द्र र प्रेस सेन्टर प्रवेश

Advertisement Ad

१७ जेठ २०८१, पाँचथर। जसपा नेपाल निकट प्रेस मञ्च पाँचथरका अध्यक्ष उपेन्द्र येक्तेन र उपाध्यक्ष रोहित आङबो त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च निकट पत्रकार निशा लोवा प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन्।

त्यस्तै जसपा नेपाल निकट कवि तथा सामाजिक अभियन्ता सुनिल आङबो, समाजवादी युवा संगठन पाँचथरका सदस्य वशन्त आङबो नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्। बिहीबार सदरमुकाम फिदिममा आयोजित कार्यक्रममा उनीहरुलाई स्वागत तथा प्रवेश गराइएको हो।

नेकपा (माओवादी केन्द्र) पाँचथरका सह–इन्चार्ज दिनेश लाओती, जिल्ला संयोजक बिषाल रसाइली, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य बिजय बोध लाओती, जिल्ला अध्यक्ष सेसेहाङ लाओती, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव चन्द्र माङ्मु, सचिवालय सदस्य सूर्य बेघा लगायतले नवप्रवेशी नेता तथा पत्रकारहरुलाई पार्टी र संगठनमा स्वागत गरेका थिए।

प्रेस मञ्च नेपाल, पाँचथरको अध्यक्ष परित्याग गरेका उपेन्द्र येक्तेनलाई प्रेस सेन्टर नेपालको प्रदेश सदस्य, जसपा नेपालका नेता समेत रहेका रोहित आङबोलाई वाईसीएल नेपालको प्रदेश सदस्य, पत्रकार निशा लोवालाई प्रेस सेन्टर पाँचथरको सह–सचिव, कवि तथा अभियन्ता सुनिल आङबोलाई अखिल नेपाल लेखक संघको केन्द्रीय सदस्य र समाजवादी युवा संगठन पाँचथरको सदस्य परित्याग गरेका वशन्त आङबोलाई अखिल क्रान्तिकारी पाँचथरको सदस्यको जिम्मेवारी प्रदान गरिएको बताइएको छ।

पार्टी तथा संगठनमा नेताहरुको व्यक्तिगत स्वार्थ हाबि हुँदा पार्टी तथा संगठन छिन्नभिन्न भई संगठन र मुद्धा दुबै कमजोर भएको उनीहरुले बताए। तसर्थ जसपा र जसपा निकट संगठनमा रहेर लोकतन्त्रको सुदृढीकरण र सामाजिक रुपान्तरणको महान अभियान सफल नहुने निष्कर्स सहित पार्टी तथा संगठन परित्याग गरेर नेकपा (माओवादी केन्द्र) तथा प्रेस सेन्टर नेपालमा प्रवेश गरेको नवी प्रवेशी युवा तथा पत्रकारहरुले बताएका छन्।