Advertisement Ad

कियाचु कोरियाद्धारा सिरिजंगा लिपिको युनिकोड निर्माणार्थ चलचित्र ‘मनसरा’ प्रर्दशनको आय, व्यय सार्वजनिक

Advertisement Ad

अर्जुन तुम्बापो

साउन २०८१, दक्षिण कोरिया। किरात सिरिजंगा लिपिको युनिकोड निर्माणार्थ दक्षिण कोरियाका विभिन्न शहरहरुमा चलचित्र मनसरा प्रदर्शन गरिए वापतको आय, व्यय सार्वजनिक गरिएको छ।

उपेन्द्र सुब्बाको लेखन, निर्देशनमा बनेको चलचित्र मनसरा कियाचु दक्षिण कोरियाले सौल, किम्हे, सुवन, छेजु दो, मोक्फो छन्जु गरी शो आयोजक संस्थाले नै प्रदर्शन गरेको थियो। केही अन्य शहरहरूमा प्रदर्शनको लागि अन्य संस्थाहरूलाई अधिकार दिएको थियो।

करोड लाख ३५ हजार कोरियन वनमा कोरिया राइटस् लिएको चुम्लुङले करोड ७५ लाख १९ हजार सय ५५ कोरियन वनबराबरको कारोबार गरेकोमा करोड लाख ३५ हजार सय ७० कोरियन वन खर्च भएको छ। करोड ७३ लाख ८४ हजार सय ८५ कोरियन वन मुनाफा गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

मंगलबार सामाजिक सञ्जाल मार्फत आय, व्यय विवरण सार्वजनिक गर्दै कियाचु दक्षिण कोरियाले सहयोगी संघसंस्था र व्यक्तिहरुलाई धन्यवाद दिएको छ।

२०२४ मे देखि दक्षिण कोरियाको विभिन्न शहरहरूमा मनसरा प्रदर्शन गरिएको थियो। कार्यक्रमको उदेश्य अनुसार उक्त बचत रकम किरात सिरिजंगा लिपि युनिकोड बिकास लगायत, लिपिलाई देवनागरी रोमनमा कन्भर्ट गर्न मिल्ने बनाउन खर्च गरिने बताईएको छ।

किरात सिरिजङ्गा लिपि युनिकोड विकास कोषकिरात याक्थुङ चुम्लुङ संघीय कार्य समिति नेपाल मार्फत् स्थापना गरी कार्य प्रारम्भ गर्ने गरी साउन गते शुक्रबार छल्लादो शाखा अध्यक्ष गणेश लिम्बूद्धारा संघीय अध्यक्षलाई चेक हस्तान्तरण गर्ने योजना रहेको कियाचु दक्षिण कोरिया अध्यक्ष दिर्ज काङभाले बताए।