Advertisement Ad

Advertisement Ad

पाँचथरमा ६ महिनामा २७ वटा मानवअधिकार उलङ्घनका घटना

दुर्गा खनाल

२८ असार २०८१, पाँचथर। जिल्लामा ६ महिनामा २७ वटा मानवअधिकारसँग सम्बन्धित घटना अभिलेख भएका छन्।

अभिलेख अनुसार बलात्कार र बाल यौन दुव्र्यवहारका घटना बढी छन्। जिल्लामा हत्याका ३, हत्या प्रयासका ६, बहुविवाहका ३, यौन दुव्र्यवहारका १, बलात्कारका ६, बलात्कार प्रयासका २, साइबर क्राइमको १, अभद्र व्यवहारका ५ गरी २७ वटा घटनाको अभिलेख राखिएका छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाँचथरको आयोजनामा भएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रममा घटनाको अभिलेख सम्बन्धी जानकारी गराइएको हो।

जिल्लामा सबैभन्दा बढी बाल अधिकार अन्तरगत बलात्कार, यौन दुव्र्यवहार सम्बन्धी घटना भएको इन्सेकका पाँचथर प्रतिनिधि इवारा जवेगुले जानकारी दिइन्।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बेले घटना न्यूनीकरण गर्न स्थानीय सरकार, राजनीतिक दल, प्रहरी प्रशासन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड दिएका थिए।