२७ असार २०८१, पाँचथर। जिल्लाको एकमात्र नगरपालिका, फिदिम नगरपालिकाका निवर्तमान मेयर ओनाहाङ नेम्बाङको निधन भएको छ।
नेम्बाङको ८१ बर्षको उमेरमा आज (बिहीबार) बिहान विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। रक्तचाप र मधुमेह रोगबाट पीडित नेम्बाङको स्वास्थ्यमा समस्या देखिएपछि उपचार गर्न न्यूरो अस्पताल लगिएको थियो।
नेम्बाङ २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट फिदिम नगरपालिकाको मेयर निर्वाचित भएका थिए। नेम्बाङ फिदिम नगरपालिकाको पहिलो मेयर हुन्। फिदिम नगरपालिका–२ निबासी नेम्बाङको शवलाई फिदिम ल्याइदै गरेको पारिवारिक स्रोतले जनाएको छ।
नेम्बाङ जिल्लामा शालीन र सादगी नेताको रुपमा परिचित थिए।
