Advertisement Ad

पाँचथरको लुङरुपामा कुटपिट हुँदा एक जनाको ज्यान गयो

Advertisement Ad

२१ असार २०८१, पाँचथर। जिल्लाको फिदिम नगरपालिका–१४ लुङरुपामा बिहीबार राती कुटपिट हुँदा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

कुटपिटको घटनामा घाइते भएका स्थानीय ३७ बर्षीय दिनेश कुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ। कुटपिटमा परी घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल फिदिममा आज (शुक्रबार) बिहान मृत्यु भएको हो।

स्थानीय धन कुमार राईको घरमा चिन्ता (धामी) राखिरहेको बेला त्यहाँ आएका एक टोलीले आक्रमण गर्दा निदेशको ज्यान गएको बताइएको छ। आक्रमणमा परी स्थानीय ध्रुव राई, पर्शु राई र ध्रव विक घाइते भएका छन्।

धामी बसिरहेको बेला एक समूह आएर कुटपिट गरेको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख, प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारीले बताए। बिबादको कारण खुल्न बाँकि छ।

आक्रमण गर्ने टोलीमा संलग्न केहीको पहिचान भइसकेको र उनीहरुको खोजीकार्य तिव्र पारिएको प्रहरीले जनाएको छ।