Advertisement Ad

Advertisement Ad

संघीय लिम्बुवान सामाजिक मञ्च यएईले भर्चुअल अन्त्ररक्रिया गर्ने

२१ असार २०८१, युएई। संघीय लिम्बुवान सामाजिक मञ्च युईले पहिचानको आन्दोलन र लिम्बुवान सहितको दश प्लस एक प्रान्त स्थापनाको औचित्यबारे भर्चुअल माध्यमबाट अन्तरक्रिया गर्ने भएको छ।

जुलाई ७ तारिखका दिन नेपाली समय अनुसार अपरान्ह तीन बजेदेखि कार्यक्रम सुरु हुने संघीय लिम्बुवान सामाजिक मञ्च युएईका अध्यक्ष भिम अधिकारीले बताए। उनका अनुसार अन्त्ररक्रियामा प्रमुख अतिथिको रुपमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकको उपस्थिति रहनेछ।

जुम मार्फत् हुने उक्त अन्तरक्रियामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्चका नेपालस्थित जिल्ला तथा पालिकास्तरीय नेता–कार्यकता साथै अन्यको समेत सहभागिता रहने अध्यक्ष अधिकारीले जानकारी दिए।