२ जुलाई २०२४, जोर्डन। जोर्डनस्थित याक एन्ड यति रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा पुजार सार्की सिनेमा प्रिमियमका लागि हङकङ पुगेका अभिनेत्री परीक्षा थाम्सुहाङ र स्क्रिप्ट राइटर बिकास सुवेदीलाई थाम्सुहाङ सेवा समाज हङकङ र किरात याक्थुङ चुम्लुङ हङकङले सम्मान गरेका छन् ।
थाम्सुहाङ सेवा समाज हङकङका अध्यक्ष हंस बहादुर थाम्सुहाङ र चुम्लुङ हङकङका अध्यक्ष शम्शेर तुम्बाहाम्फेले नेपाल चिनाउने सिनेकर्मीहरूलाई सम्मानित गर्न पाउँदा आफूहरू हर्षित भएको बताए । त्यस्तै सम्मानित अभिनेत्री परीक्षा थाम्सुहाङले आफ्नो बंश र समुदायबाट यसरी विदेशमा सम्मानित हुन पाउँदा आफू भावविह्वल भएको बताइन् ।
थाम्सुहाङ सेवा समाज हङकङका सल्लाहकार उत्तम थाम्सुहाङले स्वागत गरेको कार्यक्रममा आगामी दिनमा पनि नेपालका प्रतिभाहरूलाई यसरी नै सम्मान गर्दै जाने कार्यक्रम संचालक बिवस थाम्सुहाङले बताए ।
पुजार सार्कीको टिमलाई हङकङमा एनबिबि ग्रुपका विरेन थापा, ईश्वर बिक्रम शाह र पामाले गौचनले निम्त्याएका थिए ।
