Advertisement Ad

सुम्हात्लुङ टाइम्सः पाँचथर विशेषाङ्क बिमोचन

Advertisement Ad

१ साउन २०८१, पाँचथर। सदरमुकाम फिदिमबाट सञ्चालित डिजिटल पत्रिका ‘सुम्हात्लुङ टाइम्स’ पहिलो बर्ष पूरा गरी दोस्रो बर्षमा प्रवेश गरेको छ। सो अवशरमा प्रकाशित ‘सुम्हात्लुङ टाइम्सः पाँचथर विशेषाङ्क’को मंगलबार एक समारोहकाबीच बिमोचन गरिएको छ।

फिदिम–१ फाल्गुनन्द चोकस्थित नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आयोजित समारोहमा कार्यक्रमका प्रमुख अतिथि, संविधानसभा सदस्य भीष्मराज आङदेम्बेले उक्त विशेषाङ्कको बिमोचन गरेका थिए। कार्यक्रम प्रमुख अतिथि आङदेम्बेले मुलुकको विकास र समृद्धिका लागि पत्रकारिता क्षेत्रको महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै पहिलो बर्षगाँठको अवशरमा सुम्हात्लुङ टाइम्सले विशेषाङ्क प्रकाशन गरी पाँचथरको सम्भावनाहरुलाई उजागर गरेको भन्दै बधाई तथा शुभकामना दिए।

वर्तमान सत्ता घटक नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका आङदेम्बेले अहिलेको गठबन्धन सरकार बनाउने शन्दर्भसँग मात्र नजोडिएको बताए। यो गठबन्धन सरकार बनाउने खेलसँग मात्र जोडिएको हो भने त्यसमा आफ्नो पनि बिमति रहने उल्लेख गर्दै आङदेम्बेले मुलुक र जनताको हितका लागि सरकारले काम गर्नुपर्ने बताए।

सुम्हात्लुङ टाइम्सको पहिलो बार्षिक उत्सवको अवशरमा प्रकाशित विशेषाङ्क बिमोचन एवंम् शुभकामना आदान–प्रदान कार्यक्रममा विशेष अतिथिको आशनबाट पाँचथरका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कोइराला, नेपाली कांग्रेस पाँचथरका सभापति रुपनारायण जबेगू, नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति पाँचथरका संयोजक बिषाल रसाइली, जनता समाजवादी पार्टी नेपाल पाँचथरका उपाध्यक्ष कमलराज नेम्बाङ, नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरका अध्यक्ष सागर केरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा सुम्हात्लुङ टाइम्सका सञ्चालक तथा सम्पादक सन्देश सुब्बाले सुम्हात्लुङ टाइम्सले अनलाइन, युट्युब र फेसबुक पेज, तीन वटा प्लेटफम् मार्फत् नागरिकलाई सु–सूचित गर्दै आएको बताए। उनले नागरिकलाई सु–सूचित गर्ने आफ्नो मूल दायित्वबाट सुम्हात्लुङ टाइम्स बिमुख नहुने बताए। पहिलो बर्ष पूरा गरी दोस्रो बर्ष प्रवेशको अवशरमा सञ्चालक तथा सम्पादक सुब्बाले सुम्हात्लुङ टाइम्सबा पाठक, दर्शक, विज्ञापनदाता, लेखकवर्ग, सुभेच्छुक सबैलाई धन्यवाद दिएका थिए।