Advertisement Ad

नेफिन जेजु दो शाखा, दक्षिण कोरियाले ३०औं आदिवासी दिवस मनायो

Advertisement Ad

अर्जुन तुम्बापो

५ अगस्त २०२४, दक्षिण कोरिया। नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरिया, जेजु दो शाखाको आयोजना तथा किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, तामाङ घेदुङ संघ, तमु धि र मगर संघ जेजु दो शाखाको सह–आयोजनामा अगस्त ४ का दिन ३०औं आदिवासी दिवश मनाइएको छ।

कार्यक्रममा प्रमुख अतिथि, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष शुभराज बम्जन, विशेष अतिथि, तामाङ घेदुङ कोरियाका सचिव निर योञ्जन लगायतले विश्व आदिवासी दिवश, आदिवासी जनजाति आन्दोलन, आदिवासी जनजाती हक, अधिकार र वर्तमान अवस्थाबारे प्रष्ट पारेका थिए।

त्यस्तै नेफिन कोरिया, जेजु दो शाखा संरक्षक अर्जुन तुम्वापो, सल्लाहकार सुमन हाङस्रोङ, कियाचु जेजु दो शाखा अध्यक्ष नवीन थोक्लेन लिम्बु, तामाङ घेदुङ जेजु दो शाखा अध्यक्ष सुनिता व्लोन, मगर संघ जेजु दो शाखा अध्यक्ष दिल बहादुर मगर, किरात राई यायोक्खा जेजु दो शाखा अध्यक्ष कोपिल राईले शुभकामना मन्तव्य राखेका थिए।

नेफिन जेजु दो शाखा उपाध्यक्ष सरिता राईले स्वागत मन्तव्य तथा रेजिना शेर्पाले सञ्चालन गरेको कार्यक्रममा याक्थुङ (लिम्बू)हरुको केलाःङ् (च्याब्रुङ नाच), किरात राईहरुको साकेला, मगरहरुको मारुनी लगायतका साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो। त्यस्तै याङबेन, कोदोको जाँड, वाचिपा, चेप्टे रोटी, खाप्से, बारा, योमरी, बटुक जस्ता मौलिक आदिवासी परिकारहरु सहितको खानपिन गरिएको थियो।

माउन्ट एभरेष्ट रेष्टुरेण्ट, राज महल रेष्टुरेण्ट, नमस्ते नेपाल रेष्टुरेण्ट, रेजिना पेन्शनको प्रायोजनमा भएको कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरिया, जेजु दो शाखा अध्यक्ष गजिन हाङस्रोङको अध्यक्षतामा सम्पन्न भएको थियो।