Advertisement Ad

Advertisement Ad

याक्थुङ मुन्चइत चोक सयङ्को आयोजनामा तीन दिने प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदै

काठमाडौ – १० भदौ २०८१ सोमबार ।
‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि’ तालिम सुरु भएको छ । याक्थुङ मुन्चइत चोक सयङ (Yakthung Film Maker Association) संघीय कार्यसमितिको आयोजनामा सोमबार सुरुभएको हो ।काठमाडौस्थित किरात याक्थुङ चुम्लुङ्को सभाहलमा सुरुभएको तीन दिने तालिम १२ गतेसम्म सञ्चालन हुने बताइएको छ । पहिलो दिन सर्वोच्च अदालतमा कार्यरत उपसचिव केबि साम्यु लिम्बू र भाषा तथा मुन्धुम अध्येता यासेली योङ्हाङ्ले सहजीकरण गरेका छन । दोश्रो दिन र तेश्रो दिन वरिष्ठ मनोविद डाक्टर चेतना लक्सम, भाषा तथा मुन्धुमविद येहाङ लावती, अधिकृत सुमन लिङ्देन र मनकुमार थलङ लगायतले सहजीकरण गर्ने बताइएको छ । संघीय कार्यसमिति र नेवा;ताम्सालिङ प्रदेश समितिको पदाधिकारी तथा सदस्यहरु गरि ३५ जना सहभागी रहेको महासचिव रुपा आङ्बुहाङ्ले बताइन् ।