१२ भदौ, २०८१ पाँचथर । दुर्घटनामा परि मलेसियामा ज्यान गुमाएका फिदिम -३ लालिखर्कका सोम बहादुर राईको परिवारलाई सुर्यज्योती लाइफ इन्स्योरेन्सले क्षतिपूर्ति प्रदान गरेको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका राईले गएको असार २२ गते दुर्घटनामा परि ज्यान गुमाएका थिए । वैदेशिक रोजगार बिमा बापत राइको परिवारलाई १४ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको सुर्यज्योति लाइफ इन्स्योरेन्स फिदिम शाखा प्रमुख सम्झना योङ्हाङ्ले बताइन । १० लाखको वैदेशिक रोजगार बिमा बापत ३७०८ रुपैयाँ बिमा शुल्क भुक्तानी गरिएको योङ्हाङ्ले बताइन ।
ज्यान गुमाएका राइको श्रीमती सरिता राईलाई गएको साउन ३१ गते दाबी भुक्तानी हस्तान्तरण गरिएको योङ्हाङ्ले बताइन । योङ्हाङ्ले जीवन बिमा आफू रहदासम्म आफ्नो लागि र आफू नरहदा आफ्नो परिवारको लागि हरेक बिपतको सामना गर्न प्रत्येक ब्यक्तिले जीवन बिमा गर्न आवश्यक रहेको बताइन ।
