अर्जुन तुम्बापो
१२ भदौ २०८१, दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया, छल्लादो शाखाले आधारभूत याक्थुङ (लिम्बू) भाषा तथा लिपि प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
यहीं सेप्टेम्बर १ तारिखदेखि एक महिनासम्म प्रशिक्षण गरिने बताइएको छ। हप्ताको दुई दिन आइतबार र शनिबार भर्चुअल माध्यमबाट प्रशिक्षण गरिनेछ। अनुभवी भाषा तथा लिपि प्रशिक्षकबाट हुने उक्त प्रशिक्षणमा विश्वको जुनसुकै स्थानबाट पनि सहभागिता जनाउन सकिनेछ।
प्रशिक्षणमा सहभागि भएर आधारभूत याक्थुङ (लिम्बू) भाषा तथा लिपि सिक्न चाहनेहरुले निम्न नम्बरमा सम्पर्क गर्न सकिने किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया, छल्लादो शाखाले जनाएको छ।
सम्पर्क नम्बरहरुः
१) गणेश लिम्बू, ०१० ४८३५६११६
२) सुनिल फोम्बो, ०१० ७३४८७१५०
३) भुपेन्द्र फागो, ०१० २१३९८९०६
४) सुजल योङहाङ, ०१० ५१५२१०३१
