१५ भदौ २०८१, पाँचथर। जिल्लाको फिदिम नगरपालिका–१४ लुङ्रुपमा विभिन्न पार्टी परित्याग गरेका चार दर्जन बढी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।
शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरेका १२, नेकपा एमाले परित्याग गरेका १८, नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरेका ४, राप्रपा परित्याग गरेका १२ र जनमुक्ति पार्टी परित्याग गरेका ३ जना गरी ४९ जनाले नेकपा (माओवादी केन्द्र) को सदस्यता लिएको पार्टीका जिल्ला अध्यक्ष बिषाल रसाइलीले बताए।
नवप्रवेशीरुलाई कार्यक्रमका प्रमुख अतिथि, नेकपा (माओवादी केन्द्र) का प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो), केन्द्रीय सदस्य सदस्य सीता थेवे, नेता हेमराज कार्की, जिल्ला अध्यक्ष विशाल रसाइली र नगर उपप्रमुख राधाकृष्ण न्यौपाने लगायतले पार्टीमा स्वागत गरेका थिए।
