Advertisement Ad

Advertisement Ad

कियाचु लिम्बुवान प्रदेश समितिले चासोक तङ्नाममा प्रथम अन्तराष्ट्रिय केलाःङ् प्रतियोगिता गर्ने

१७ भदौ २०८१, पाँचथर। किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिले प्रथम अन्तराष्ट्रिय केलाःङ प्रतियोगिता आयोजना गर्ने भएको छ।

लिम्बू समुदायको महान चाड चासोक तङ्नाम (उधौली) को अवसरमा केलाःङ प्रतियोगिता आयोजना गर्न लागिएको चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्ष मधुराज केरुङले जानकारी दिए।

आइतबार झापाको लाट्टे आर्टमा सम्पन्न समितिको छैटौं पूर्ण बैठकले उक्त निर्णय गरेको हो। मंसिर अन्तिम साता झापाको दमकस्थित आदिवासी रङ्गशालामा प्रतियोगिता आयोजना गरिने अध्यक्ष केरुङले बताए।

प्रतियोगितामा नेपालसहित भारतको दार्जिलिङ, सिक्किम, कालेङपुङ सहित, हङकङ, अमेरिका लगायतका देशबाट समेत सहभागी हुने उनले बताए। प्रतियोगिताका विजेताले एक लाख भन्दा बढी पुरस्कार दिने योजना भइरहेको बताइएको छ।